११ कार्तिक २०८३, बुधबार

वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा भएको छ ।

वुधबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रममार्फत अभियानको घोषणा कार्यक्रम सुरु भएको हो ।

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएर छुट्टै समूह बनाई प्रचण्ड माधव पक्ष अघि बढिरहेका छन् । उपाध्यक्ष गौतमले भने अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै पार्टी एकताको घोषणा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा सहभागी भएकलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र दिइएको छ ।

कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समेत आमन्त्रण गरिए पनि उपस्थित भएका छैनन् ।