
काठमाडौँ, १३ माघ । अर्थमन्त्री तथा नेकपा ओली पक्षका महासचिव विष्णुप्रसाद पौडेलले चुनाव हुने कुरामा कुनै पनि आशंका नभएको बताएका छन् ।
प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै उनले चुनावका विषयमा आशंका नगर्न बताएका हुन् ।
सम्मेलनमा बोल्दै पौडेलले निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने समेत विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उनले ताजा जनादेश नै एक मात्र विकल्प रहेको पनि बताएका छन् ।
उनले भने, ‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन ।’ त्यसैगरी उनले संविधान बमोजिम नै प्रतिनिधिसभा विघटन भएकाले अब पुनस्थापना नहुने दावी पनि गरे ।
‘मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, राष्ट्रिय मान्यताप्राप्त सबै दलहरु अब कुनै भ्रममा नपरी निर्वाचनमा जुट्नुपर्ने छ र यसको अरु कुनै विकल्प छैन,’ उनको भनाइ थियो
जनताका निम्ती काम गर्न नदिने प्रवृत्ति भएपछि जनादेशका लागि जानुपरेको उनले बताए ।
संसद विघटनसम्बन्धी रिट अदालतमा विचाराधीन रहेको र अदालतको फैसलाको सम्मान गर्ने मन्त्री पौडेलले जनाए ।















प्रतिक्रिया