११ कार्तिक २०८३, बुधबार

जसले वृद्धाभत्ताको रकमले विद्यार्थीलाई दिइन् न्यानो कपडा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-माधव बेल्बासे

कपिलवस्तु, १३ माघ । ७० वर्ष पुरा भएका वृृद्धवृद्धालाई जिविको पार्जनमा सहज होस भन्ने उद्देश्यले सरकारले मासिक तीन हजार दिने गर्दछ ।

अधिंकाश वृद्धवृद्धाले यो रकमलाई दैनिकिको खर्चमा प्रयोग गर्दै आएका छन् तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा निवासी ७५ वर्षीय सोनमती जयसवालले भने आफुले पाउने वृृद्धाभत्ता वर्षेनी सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

गत वर्षको रकमले साधुसन्तहरुलाई कम्बल बितरण गर्नुभएको थियो भने यस वर्ष भने आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

मंगलवार शिवराज नगरपालिका १० शितलापुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यानरत ५७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेका हुन् । निम्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरणले उनीहरुलाई विद्यालय आउन सहज हुने विश्वास रहेको छ ।

“मेरो भत्ता वापतको रकम जम्मा गरेर सामाजिक क्षेत्रमा खर्च गर्ने मन थियो, त्यहि अनुसार विद्यार्थीलाई सहयोग गरे जयसवाल भन्नुभयो, “विगतमा पनि विभिन्न ठाउँमा सहयोग गरेकि छु, ।”

विद्यालयको वार्षीक उत्सवको अवशरमा न्यानो स्वीटर बितरण गरिएको हो । वितरण कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले वृद्धाभत्ता वापतको रकम बचाएर सामाजिक क्षेत्रमा खर्च गरेकोमा धन्यवाद दिए ।

सामाजिक क्षेत्रमा संक्रिय रहनुभएको जयसवालले विद्यालयमा अध्यानरत विद्यालयलाई सहयोग गरेकोमा विद्यालयका प्रअ कमल पौडेलले धन्यवाद दिए । विद्यार्थीहरुले न्यानो स्वीटर पाएपछि खुशी भएका छन् ।