काठमाडौँ, १५ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पा अवैध २५ तोला सुनसहित गएराति पक्राउ परेका छन् ।
हङ्कङबाट नेपाल फर्कने क्रममा शेर्पालाई शनिबार राति १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
तलाशी लिँदा सुन भेट्टाइएकाले उनलाई अहिले भन्सार विभागमा बुझाइएको प्रहरीले जनाएको छ । उपाध्यक्ष शेर्पा ओलम्पिक कमिटीका उपमहासचिव समेत हुन् ।














प्रतिक्रिया