
काठमाडौँ, १२ माघ । अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डसँगको भेटमा अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनको प्राथामिकताबारे कुराकानी भएको राजदूत बेरीले बताएका छन् ।
राजदूत बेरीले सोमबार प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर भेटेका हुन् ।
प्रचण्डसँगको भेटपछि राजदूत बेरीले लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याएको छु ।’
राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।















प्रतिक्रिया