११ कार्तिक २०८३, बुधबार

सोमबार थप ३३९ जनामा कोरोना, ४०१ जना निको, १० जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय १ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० जना पुगेको छ ।

२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ११ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ४८ हजार १ सय १३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।