११ कार्तिक २०८३, बुधबार

नेकपाको माघ २३ को जनसभाका लागि तयारी तीव्र, २ लाख मानिस सहभागी गराइने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौँमा माघ २३ गते गर्ने वृहत आमसभाका लागि तीव्र तयारी थालेको छ ।

पार्टीले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ जनसभा गर्न लागेको हो ।

वागमती प्रदेश संगठन कमिटीको आयोजनामा रत्नपार्कमा हुने जनसभामा करिब २ लाख जनसहभागिता गराउने प्रदेश संगठन कमिटीले जानकारी दिएको छ ।

समितिले पार्टी कार्यालय धुम्बाराहीमा पत्ररकार सम्मेलन गरेर आमसभाबारे जानकारी दिएको हो ।

त्यस्तै, समितिले जनसभालाई व्यवस्थित गर्न विभिन्न समिति गठन गर्नुका साथै जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने निर्णय गरेको प्रदेश संगठनले जनाएको छ ।

त्यस्तै, जनसभालाई फोहोर नबनाउन र भइहालेमा कार्यक्रमपछि सरसफाइ गर्न पनि पार्टीले अपील गरेको छ ।