११ कार्तिक २०८३, बुधबार

माघ २३ को आमसभा स्थिरता र देशको हितका लागि हो: उपप्रधानमन्त्री पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । सत्तारुढ नेकपा ओली पक्षले माघ २३ गते काठमाडौँमा वृहत आमसभा गर्ने भएको छ ।

नेकपाका नेताहरुले सोमबार पत्रकार पार्टी मुख्यालय धुम्बाराहीमा सम्मेलनमार्फत आमसभाको जानकारी गराएका थिए । पार्टीले २३ गतेको कार्यक्रमको सूची पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेलले आफूहरुको जनसभा कसैको निम्ती बद्ला वा काउण्टर सभा नभएको बताएका छन् ।

पोखरेलले माघ २३ गतेको आमसभा राजनीतिक स्थिरता र देशको हितमा भएको बताएका छन् ।

त्यस्तै, उनले कसैले चाहँदैमा पार्टी फुटाउन नसक्ने बताए । निर्वाचन आयोगले गरेको निर्णय आफूहरुको विचारअनुरुप कै आएको उपप्रधानमन्त्री पोखरेलले बताए ।