११ कार्तिक २०८३, बुधबार

तार चुट्टिएर कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत अवरुद्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ । कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत प्राधिकरण कार्यालय सुर्खेतका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको हो ।

मर्मतका लागि प्राधिकरणको टोली त्यसतर्फ गएको बताइएको छ ।