११ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधव पक्षले हटायो प्रधानमन्त्री ओलीलाई

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव पक्षले कारवाही गरेको छ ।

प्रधानमन्त्री ओलीलाई साधारण सदस्यता समेत नरहने गरी प्रचण्ड–माधव पक्षले पार्टीबाट निष्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार पेरिसडाँडामा बसेको स्थायी उक्त पक्षकाे केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय गरेको हो ।

प्रवक्ता श्रेष्ठले ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपछि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि कारवाही गरिएको जनाए ।

सरकारले प्रतिनिधि सभाको विघटन गरेपछि नेकपा विभाजित भएको छ । प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड-माधव पक्षले एक अर्काका बेग्लै समिति बनाउनेदेखि निषेध गर्न थालेका छन् ।