
काठमाडौँ, ११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ जना पुगेको छ ।
२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ४३ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया