११ कार्तिक २०८३, बुधबार

दाङमा चितुवा मृत फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, १० माघ । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ ।

चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए ।

उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ ।

जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए । –रासस