११ कार्तिक २०८३, बुधबार

एउटै वडाका ८२ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-माधव बेल्बासे

कपिलवस्तु, १० माघ । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मा रहेका ८२ जना जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ ।

वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्धवृद्धाहरुलाई सम्मान गर्दै उक्त कम्बल बितरण गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

कम्बल वितरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारले जाडोबाट बच्न कम्बल वितरण गरिएको बताए । जेष्ठ नागरिकलाई चिसोको समयमा विभिन्न रोगहरु लाग्न सक्ने भन्दै सुरक्षीत रहन आग्रह गरे । कम्बल बितरण कार्यक्रम शिवराज नगरपलिकाको सबै वडाहरुमा सञ्चालन भइरहकोे समेत नगर प्रमुख अधिकारीले जानकारी दिए ।

यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले आफ्नो वडा भित्र रहेको गरिब तथा विपन्न बृद्घबृद्घा जेष्ठ नागरिकलाई जाडो मौसममा केहि मात्रमा भएन पनि राहत होस् भनि प्रत्येक जेष्ठा नागरिकलाई एक एक वटा कम्बल वितरण गरिएको बताए । वडाले केहि समय अघि वडा भित्र रहेका ५ कक्षा मुनी पढने वालवालिकाहरुलाई स्वीटर बितराण् गरेको थियो ।