१२ कार्तिक २०८३, बिहिबार

पुस्तक विमोचन गर्दै माधव नेपालले भने-‘संस्कृति, वंश परम्पराको उजागर गर्नुहोस्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ljdf]rg  kLtfDa/ pkfWofo g]kfnsf] hLjg ofqfdf cfwfl/t ?cys ;]jfÚ gfds k':ts eQmk'/df cfof]lht Ps sfo{qmddf ljdf]rg ub}{ Pdfn]sf al/i7 g]tf dfwjs'df/ g]kfn . tl:j/ M /d]z lu/L, eQmk'/÷ /f;;भक्तपुर, १४ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले आज पिताम्बर उपाध्याय नेपालको जीवन यात्रामा आधारित ‘अथक सेवा’ नामक पुस्तकको विमोचन गर्नुभएको छ ।

भक्तपुरको लोकन्थलीमा आयोजित विमोचन कार्यक्रममा पुस्तक विमोचनपछि बोल्दै नेता नेपालले धर्म, कला, संस्कृति, वंश परम्पराको अध्ययन अनुसन्धान गर्दै उजागर गर्नुपर्ने बताउनुभयो ।

पहिलाको परम्परा हराउँदै गएकाले यसको अध्ययन जरुरी रहेको औँल्याउँदै उहाँले तराई-मधेस र समग्र नेपालको अध्ययन गर्न खोज्दा राम्रो किसिमको अभिलेख नभेटेको उहाँले चर्चा गर्नुभयो ।

यसप्रकारको पुस्तकबाट वंश अभिलेख लेखनको सुरुवात भएको बताउँदै उहाँले यो पुस्तकले त्यति बेलाको राजनीतिक, सामाजिक, साहित्यिक र सामाजिक परिवेशलाई उजागर गरेको चर्चा गर्नुभयो ।

यो पुस्तकले १०० वर्ष पुग्न लाग्नुभएका आफ्नो बाबुको जीवनीमा आधारित पुस्तक निकाल्न प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा एमालेका नेता प्रदीप नेपालले पुर्खाको अनुभव खोजी गरेर पुस्तक लेखनको परम्परा बसाल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा पुस्तकका लेखक नेपाल, समीक्षक डा शैलेन्दुप्रकाश नेपाल, नेपाल वंशज परिषद्का उपाध्यक्ष विद्यानाथ नेपाल, प्रकाशक अर्जुन नेपाललगायतले पुस्तकको विविध पक्षबारेमा चर्चा गर्नुभयो । रासस