१२ कार्तिक २०८३, बिहिबार

डा गोविन्द केसीको आन्दोलनमा बाबुरामको ऐक्यबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiकाठमाडौँ, १४ चैत । एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

नेता भट्टराईले प्रा डा केसीको माग जायज भएको उल्लेख गर्दै आन्दोलनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो । केसीको अनशनस्थल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान पुग्नुभएका डा भट्टराईले चिकित्सा क्षेत्रमा भित्रिएको माफियाकरण रोक्नका लागि सुरु भएको आन्दोलन एउटा निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

शिक्षा र स्वास्थ्यका विषयमा कुनै पनि सम्झौता नहुने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत डा भट्टराईले भन्नुभयो, ‘विगतमा आफूले सरकारको नेतृत्व सम्हाल्दासमेत उहाँले उठाउनुभएको मागको उचित सम्वोधन गर्न सकिन, त्यसका लागि म लज्जित छु ।’

उहाँले प्रा डा केसीले राखेको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ । यसैबीच एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि प्रा डा केसीले उठाएको माग जायज रहेको भन्दै उहाँले सुरु गर्नुभएको आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्ने राससलाई जानकारी दिनुभयो ।

‘शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा हुनुपर्छ, राज्यले नै उचित व्यवस्थापन गर्नुपर्छ भन्ने प्रस्ट भएको छ’, श्रेष्ठले भन्नुभयो ।