१२ कार्तिक २०८३, बिहिबार

आज रामनवमी पर्व मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramnabiकाठमाडौँ, १४ चैत । भगवान् श्रीरामचन्द्रप्रति भक्तिभाव प्रकट गर्दै आज मुलुकभर रामनवमी पर्व मनाइँदै छ ।

आसुरी शक्तिको अन्त्यका लागि भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन (चैत्र शुक्ल नवमी) लाई रामनवमीका रुपमा मनाइने गरिएको पञ्चाङ्ग निर्णयक समितिका प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास रही आएको छ ।

वर्तमानमा पनि रामराज्यको चर्चा रहेको उल्लेख गर्दै अध्यक्ष गौतमले उच्च नैतिकता, आदर्शवान् तथा लोकको रक्षाका लागि त्रेता युगमा भगवान् रामचन्द्रले महत्वपूर्ण योगदान पुर्‍याएका कारण आदर्श पुरुषका रुपमा प्राचीनकालदेखि पूजाआजा गरिदै आइएको छ ।

पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा पनि भगवान् रामचन्द्रप्रति भक्तिभाव व्यक्त गरिने र रामनवमीका अवसरमा देशभरका भगवान् रामका मन्दिरमा विशेष पूजा हुने उहाँले जानकारी दिनुभयो ।