१२ कार्तिक २०८३, बिहिबार

गोठाटारमा कोठामा निसास्सिएर दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । राजधानीको गोठाटारमा कोठामा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

एक जना गम्भिर विरामी परेका छन् । काठमाडौं महानगर पालिका वडा नम्बर ३५ छाप्रामा कोठा बस्दै आएका ३७ वर्षीय तिलक दाहाल र २८ वर्षीय पुनम दाहालको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काँडाघारी प्रहरी कार्यालयकाका अनुसार कोठामा निसास्सिएर रमा दाहाल सकिस्त विरामी परेकी छिन् । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

ग्यास चुलो बालिएको अवस्थामा कोठामा अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ ।

कोठामा भुसको चुलोबाट खाना पकाएको र उक्त आगो ननिभाएका कारण राति निसास्सिएर दुई जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दाहाल परिवार काठमाडौंमा मकै पोलेर बेच्ने व्यवसाय गर्दै आइरहेका थिए ।