
काठमाडौं, १५ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन र आगामी राजनीतिक अवस्थाका बारेमा नेपालका लागि भारतीय पूर्वराजदूत तथा भारतीय पूर्वविदेश सचिव श्याम शरणले सनसनी खुलासा गरेका छन्।
उनले एउटा लेख लेख्दै नेपालमा स्वतन्त्र राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन लागेको खुलासा गरेका हुन्। द ट्रिव्युन इन्डियामा श्याम शरण लेख्छन्,‘यस्तो तयारी भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्ने छैनन्।’
नेपालमा चीनको सक्रियता बढेकोमा चिन्ता देखाएका उनले लेखमा भारतको भूमिका साइडमा हुन सक्ने भनेका छन्। चिनियाँ राजदूतको नेकपा मिलाउने सक्रियता र अहिले चीनको उच्चस्तरीय टोली आउनुलाई पनि उनले अर्थपूर्ण भनेका छन्।











प्रतिक्रिया