६ मंसिर २०८३, आइतबार

नेकपालाई एक गराउन शंकर पोखरेलको दुई प्रस्ताव

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पुष्पकमल दाहालले पार्टीमा प्रधानमन्त्री केपी ओलीविरुद्ध पेस गरेको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका छन् ।

बुद्धभूमि नगरपालिकाको बरकलपुरमा आयोजित ओलीनिकट कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको बताएका हुन् ।

दाहाल–नेपाल समूहले गरिरहेको आन्दोलनप्रति लक्ष्य गर्दै उनले मुलुकमा जारी विरोध आन्दोलन नभई चुनावको तयारी भइरहेको बताए । ‘सुरुमा काठमाडौं केन्द्रित थियो । अहिले जिल्लामा आइपुगेको छ’, उनले भने, ‘केही समयपछि गाउँ पुग्छ । आन्दोलन गाउँमा पुग्नु भनेको मत माग्न जानु हो ।’

संसद् विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताए । सर्वोच्चले चुनावमा जान बाटो खोल्ने पनि उनले बताएका छन ।