ताप्लेजुङ, १४ पुस । ताप्लेजुङको पाथीभरा मन्दिर आसपासको जंगलमा लागेको आगलागीबाट तत्कालका लागि मन्दिर सुरक्षित भएको छ ।
हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि मन्दिर सुरक्षित भएको हो । आगलागी भएको जंगलमा रेडपाण्डा पाइन्छ । आगलागीका कारण रेडपाण्डा पनि जोखिममा परेका छन ।
मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि सोमबार हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँले जानकारी दिए ।
मङ्गलबारपनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने जनाइएको छ । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।











प्रतिक्रिया