१२ कार्तिक २०८३, बिहिबार

अतिविशिष्ट व्यक्तिको सवारीमा नागरिकलाई असुविधा नपार्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbarकाठमाडौँ, १३ चैत । सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट अतिविशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकको सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर नपर्ने गरी र सुरक्षामा पनि कुनै सम्झौता नहुने गरी सहज बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले गत साउनमा आएको बाढीपहिरो र डुबानमा परी बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपाल्चोकका प्रभावित परिवारको पुुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणसम्बन्धी एकीकृत कार्ययोजना स्वीकृत गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

हालै ताप्लेजुङलगायत विभिन्न जिल्लामा भएको आगलागी सम्बन्धमा तत्काल थप राहत प्रदान गर्न र विस्थापितको बसोवासको व्यवस्था गर्न एकीकृत कार्ययोजनाको तयार गरी प्रस्ताव ल्याउन प्रधानमन्त्री सुशील कोइरालाले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

त्यस्तै सरकारले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा बेपत्ता पारिएका व्यक्तिका हकदारलाई दिइने रकम रु पाँच लाखभन्दा बढी नहुने गरी सो रकम भुक्तानी भइसकेपछि राहत र क्षतिपूर्तिको चरण अन्त्य हुने गरी सोसम्बन्धी वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।