११ कार्तिक २०८३, बुधबार

ट्युमर फाल्दैमा शरीरको तौल घट्दैन: महेश बस्नेत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले मधेशलाई ओलीजस्तो नेताको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो लागि गलगाडो, पिलो र ट्युमर भइसकेका नेताहरुको आवश्यकता छैन । त्यस्ता नेताहरुलाई मिल्काउनुपर्ने टड्कारो थियो ।’

बस्नेतले बन्दुकको बलमा सत्तामा पुग्ने ध्येयका साथ आएका माओवादी मरणासन्न भएको अवस्थामा केपी शर्मा ओलीले नै आइसीयूमा राखेर फेरि जीवित बनाएको दावी गर्दै बस्नेतले त्यो अहिले आएर आफ्नो लागि भूल भएको जिकिर गरे । उनले भने, ‘ती साथीहरु पार्टीमा रहे पनि नरहे हामीलाई कुनै फरक पर्दैन ।’

उनले भने, ‘पूर्वमाओवादीका साथीहरु अहिले हाम्रो लागि गलगाडो भए । ट्युमरको रुप लिइसकेकालाई फालेर हामी झनै उर्जाका साथ अगाडी बढ्नेछौँ । ट्युमर फाल्दैमा शरीरको तौल घट्दैन बरु झनै फाइदा हुनेछ ।

उनले प्रचण्ड र माधव नेपाललाई अप्रत्यक्ष रुपमा जोकरको संज्ञा दिदँै उनले भने– ‘उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुुस सुन्तलीले अभिनय गरे जस्तै भएको छ ।’

उनले नेपाली काँग्रेसले देखावटी बिरोध मात्र गरिरहेको बताए । उनले बाहिरीरुपमा काँग्रेसले प्रधानमन्त्री ओलीको विरोध गरे जस्तो देखिएपनि आन्तरिकरुपमा हाडभित्रैबाट खुसी भएको भन्दै व्यङ्ग्य गरे ।

उनले जसपातर्फ इङ्गित गर्दै कमरेड ओली मधेशमा अलोकप्रिय भएको भनिरहँदा प्रधानमन्त्री ओली निकै नै लोकप्रिय रहेको दाबी समेत गरे । उनले भने, ‘यदि साँच्चै कमरेड ओली मधेशमा अलोकप्रिय छन् भने चुनावमा सहभागी हुन जसपा र कांग्रेसलाई आग्रह गर्छौँ ।’

चुनाव हुँदैन भन्नेहरुलाई उनले चुनाव नहुने भ्रम नपाल्न समेत आग्रह गरे । उनले भने ‘चुुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले पल्टाउने भ्रम नपाल्नुस् । वैशाखमा जसरी पनि चुनाव हुने नै छ ।’ यसको तयारीमा जुट्न युवाहरुमा उनले आह्वान समेत गरे ।