
काठमाडौँ, ७ । पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरा पहिलोपटक प्रचण्ड माधव समूहको नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी प्रचण्ड-माधव समूहको बैठकले उनलाई स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।
निजी सचिवालयकी महिलासँग नाम जोडिएपछि उनले तत्कालीन सभामुख पदबाट राजीनामा दिएका थिए । अदालतबाट उनले सफाइ पाए पनि उनी हालसम्म पार्टीका कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।















प्रतिक्रिया