११ कार्तिक २०८३, बुधबार

पठाओका राइडरहरु यस्तो माग राख्दै आन्दोलनको तयारीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । राइड सेयरिङ एप पठाओका चालकहरुले आन्दोलनको तयारी गरेका छन् ।

उनीहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दै आन्दोलनको तयारी गरेका हुन् ।

काठमाडौँको यूएनपार्कमा सोमबार जम्मा भएर उनीहरुले कमिसन घटाउन माग गरेका हुन् । हाल चालकहरुलाई यात्रुले तिरेको २० प्रतिशत कमिसन कम्पनीलाई बुझाउनुपर्छ ।

राइडरहरुले कम्पनीले लिने गरेको धेरै कमिसनले आफूहरु मारमा परेको बताउँदै उनीहरुले कमिसन ८ प्रतिशतमा झार्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, उनीहरुले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने माग पनि गरेका छन् । त्यसैगरी राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरुको माग छ ।

कम्पनीले सामान्य नियम नमानेकै कराण सस्पेन्ड गर्ने गरेको र कारवाही फुकाउन १ हजार १ सयभन्दा बढी जरिवाना तिर्नुपरेको भन्दै नियम संशोधनको माग पनि गरेका छन् ।