
काठमाडौँ, ५ पुस । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा निर्वाचन गर्न सुझाव दिएको छ ।
आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरी २०७८ साल वैशाख १७ र २७ गते आम निर्वाचनको मिति घोषणा गरेकी छन् ।
आयोगका अनुसार दुई चरणमा निर्वाचन गर्दा धेरै आर्थिक खर्च लाग्ने भएकाले एकै दिन गर्न सुझाव दिइएको छ ।
चैतसम्म निर्वाचनको तयारीका लागि पर्याप्त समय भएको भन्दै एकै चरणमा चुनाव गर्न आयोगको सुझाव छ ।
छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल रहेका थिए ।















प्रतिक्रिया