
काठमाडौँ, ५ पुस । राष्ट्रपतिद्वारा संघीय संसद्को प्रतिनिधिसभा विघटन भएपछि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।
आइतबार विहान मन्त्रिपरिषदको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संसद विघटनको घोषणा गरेकी थिइन् ।
सरकारे यो निर्णय असंवैधानिक भएको भन्दै दिउँसो ३ बजेदेखि काठमाडौँको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध जनवर्गीय संगठनले प्रदर्शन गरेको हो ।
काठमाडौँलगायत देशका अन्य भागहरुमा पनि विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
















प्रतिक्रिया