११ कार्तिक २०८३, बुधबार

राजनीति फेरिएसँगै सबै सुरक्षा निकाय हाई अलर्टमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । देशको राजनीतिक घटनाक्रममा परिवर्तन आएसँगै सम्भावित सुरक्षालाई मध्यनजर गर्दै चार वटै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् ।

चारै सुरक्षा निकायले आफ्ना मातहतलाई चनाखो रहन निर्देशन दिएका छन् ।

राजनीतिले नयाँ मोड लिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि देशका चार वटै सुरक्षा निकायहरुलाई अलर्टमा बस्न सम्बन्धित माथिल्लो निकायबाट निर्देशन दिइएको छ ।

संसद विघटन गरिएपछि सत्तारुढ तथा प्रतिपक्षी दलहरुले तीव्र विरोध गरिहेको बेला सुरक्षा निकायहरु थप सजग बनेका हुन् । सम्भावित क्षतिलाई नियन्त्रण गर्न उनीहरु चनाखो रहेका बताइएको छ ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।