
काठमाडौँ, ५ पुस । नेकपा सांसदहरु सिंहदरबारस्थित संघीय संसद् सचिवालमा भेला भएका छन् ।
सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको भत्र्सर्ना गरेका छन् ।
आइतबार विहानै अप्रत्याशित रुपमा भएको प्रधानमन्त्री ओलीको यस्तो निर्णयको उनीहरुले भत्र्सर्ना गरेका हुन् ।
प्रधानमन्त्रीको पछिल्लो कदमले सत्तारुढ नेकपा भित्र तथा बाहिर तरंग पैदा भएको छ । नेकपा विवादले निम्त्याएको यो कदमले अब देशको तथा नेकपाको भविष्यले कस्तो रोडम्याप बनाउँछ भन्नेमा नेताहरु तथा जनता सशंकित बनेका छन् ।















प्रतिक्रिया