
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि ५ जना मन्त्रीले राजनीनामा दिने भएका छन् ।
पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिनेबारे आन्तरिक छलफल गरिरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेका छन् ।















प्रतिक्रिया