११ कार्तिक २०८३, बुधबार

महिला नेतृत्व भएका विद्यालयमा पारदर्शिता र आपसी विश्वास सन्ताेषजनक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । शैक्षिक नेतृत्वमा महिला रहेका सामुदायिक विद्यालयमा आर्थिक पारदर्शिता र आपसी समन्वय र समुदायस्तरमा विश्वासको अवस्था सन्तोषजनक पाइएको छ ।

कोभिड–१९ पछिको सिकाइ निरन्तरतामा महिला प्रधानाध्यापक रहेका विद्यलायले अन्य विद्यालयको तुलनामा प्रभावकारी समन्वय र सूचना, सञ्चार तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गरेको पाइएको हो ।

उनीहरुले विद्यालय सरसफाइ, नियमित अभिभाावक र शिक्षकबीचका छलफल, सञ्चार पहुँच नभएका विद्यार्थीलाई घरमै गृहकार्य र प्रश्नपत्र पठाउने जस्ता काम गरेको अनुभव सुनाएका छन् ।

शिक्षा पत्रकार समाज (सेज)ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफलमा प्रतिनिधि सामुदायिक विद्यालयका प्रधानाध्यापकले आफूहरुको आत्मविश्वास र सक्रियताका कारण असल परिणाम ल्याउन सकिएको बताएका हुन् । म

महिला शिक्षक समाजका अध्यक्ष एवं काठमाडौँ निलबाहारी माविका प्रधानाध्यापक डा जानुका नेपाल, पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारी, नन्दी माविका प्रधानाध्यापक गीता काफले र झापाको देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठले शैक्षिक र प्रशासनिक कामबारे अनुभव सुनाउँदै चुनौतीकाबीच आफूहरुले विद्यार्थी र अभिभावकको हितमा इमानदार भई काम गर्दै आएको बताइन् ।

अध्यक्ष डा नेपालले महिला शिक्षक समाजकातर्फबाट महिला शिक्षकको क्षमता, सञ्चार पहुँचविस्तार तथा प्रयोग र नेतृत्व विकासका लागि पहल गर्दै आएको बताइन्।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले आर्थिक पारदर्शीताका सन्दर्भमा ती महिला प्रधानाध्यापकका पहल उल्लेखनीय भएको बताउँदै कोभिड–१९ को महामारीका कारण विद्यालय खोल्ने या नखोल्ने भन्ने अन्योलमा पर्नुभन्दा उपयुक्त विधिबाट सिकाइ निरन्तरतामा केन्द्रित गराउनु पहिलो दायित्व भएको बताए ।

ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रका अध्यक्ष बाबुकाजी श्रेष्ठले ती विद्यालयका प्रधानाध्यापकको अनुभवका आधारमा त्यहाँ नमूनायोग्य काम भएको पाइनु अरु विद्यालयलाई प्रेरणाको विषय हुने जनाए । –रासस