१२ कार्तिक २०८३, बिहिबार

हिमालयन बैंकमा ग्राहकको खाताबाट १२ लाख गायब, कर्मचारीले नै ठगेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himalayan-Bank

काठमाडौँ, १२ चैत  । हिमालयन बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट १२ लाख रुपैंया गायब पारेको खुलासा भएको छ ।

हिमालयन बैंक ठमेल शाखाको ग्राहक सेवामा कार्यरत गिरीराज देवकोटाले अवैध ढंगले सेवाग्राहीको रकम झिकी हिनामिना गरेको खुलासा भएको हो । उनलाई बिहीबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

कैलाली गेटाका वर्ष २८ का देवकोटालाई पक्राउ गरी बैकिङ कसुर ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

देवकोटाले दैलेख नारायण नगरपालीका–८ वस्ने डा रविन खड्काको हिमालयन बैंक, टाँडी शाखामा रहेको वचत खाता नंं ००७०२१०३९४००१४ को एटीएम कार्ड प्रयोग गरी विभिन्न मितिमा अनाधिकृतरुपमा १२ लाख रुपैंया निकाली ठगी गरेको प्रहरीले जनाएको छ ।