काठमाडौँ, १२ चैत । ताप्लेजुङको फुङलिङका आगलागी पीडितलाई उचित क्षतिपूर्ति एकीकृत नेकपा माओवादीले सरकारसँग माग गरेको छ ।
विहीबार एक विज्ञप्ती जारी गर्दै एमाओवादीले फुङलिङका आगलागी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विपद् रोकथाम र नियन्त्रणका लागि पूर्वाधारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
आगलागीमा परेर धनजनको क्षति भएका नागरिक खुला चौरमा कष्टकर रात बिताउन बाध्य भएको र २४ घन्टाभित्र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता उपप्रधानमन्त्रीबाट आए पनि हालसम्म त्यसका लागि कुनै पनि सुरसार नभएको भन्दै एमाओवादीले आपत्ति प्रकट गरेको छ ।
सदरमुकामजस्तो स्थानमा पनि अग्नि नियन्त्रणको कुनै व्यवस्था नहुनु र आगलागी भएको धेरै चार दिनसम्म आगो नियन्त्रणमा कुनै व्यवस्था नगर्नु राज्य जवाफदेही हुन नसक्नुको प्रतिफल भएको उल्लेख गर्दै एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज विज्ञप्ति प्रकाशन गरी आगलागी पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।














प्रतिक्रिया