१२ कार्तिक २०८३, बिहिबार

संविधान बनाउन एमाओवादी सहमतिमा आउनुपर्छ : कानुनमन्त्री आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narahari_aacharyaधरान, १२ चैत । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले दिगो शान्ति स्थापना गर्नका लागि एकीकृत नेकपा(माओवादी) आन्दोलन छाडेर सहमतिमा आउनुपर्ने बताउनुभएको छ ।

यहाँ आजदेखि सुरु भएको एकदिने पूर्वाञ्चलस्तरीय शान्ति सम्मेलन उद्घाटन गर्दै उहाँले हतियारको व्यवस्थापन मात्रै भन्दा पनि हतियार बोक्ने मानसिकताकै अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

माओवादीलगायत सडकमा रहेका दल जतिसक्दो चाँडो वार्तामा आउनुपर्ने उहाँले बताउनुभयो ।

शान्ति तथा पुनःनिर्माणमन्त्री आचार्यले एक वर्षमा १२ सशस्त्र समूहसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याइएको जानकारी पनि दिनुभयो ।