११ कार्तिक २०८३, बुधबार

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।