काठमाडौं, ११ चैत । प्रधानमन्त्री सुशील कोइराला विरामी परेका छन् । एकसाता अघिदेखि विरामी परेका प्रधानमन्त्री कोइराला अक्सिज लिएर आफ्नो निवास बालुवाटार आराम गरिरहेका छन् ।
चिकित्सकका अनुसार प्रधानमन्त्री कोइरालालाई रुघाखोकीसँगै अक्सिजनको मात्रा कमी देखिएको छ । विरामी परेपछि चिकित्सकको सल्लाहमा प्रधानमन्त्री कोइराला निवासमै आराम गरिरहेका छन् ।
प्रधानमन्त्री कोइराला विरामी भएपछि नियमित भेटघाट कार्यक्रम प्रभावित भएका छन् । उहाँ यसअघि बालुवाटारमा चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकमा मात्रै सहमभागि हुनुभएको थियो ।
केही महिना अगाडी अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा रेडिएसन थेरापी गराएका प्रधानमन्त्री कोइराला फोक्सो क्यान्सरबाट पीडित हुनुहुन्छ ।
प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करविर योगीले क्रोनिक ब्रोनकाइटिस रोगले स्वास्थ्य संवेदनशिल रहेकोले निवासमै अक्सिजन दिएर आराम गराइएको जानकारी दिनुभयो ।














प्रतिक्रिया