१२ कार्तिक २०८३, बिहिबार

न्यायाधीश बमलाई गोली हान्ने शुटर साउदी अरबबाट पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sutterकाठमाडौं, ११ चैत ।  सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सञ्जय स्माईली मगर साउदी अरबमा पक्राउ परेका छन् ।

इन्टरपोलमार्फत जारी गरेको डिफ्युजन नोटिशका आधारमा घटनाका मुख्य योजनाकार मगरलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका मगरलाई आज साझसम्म नेपाल ल्याइने उहाँले बताउनुभयो । चुरेभाबर पार्टीबाट पहिलो संविधानसभा निर्वाचनमा उमेद्वार समेत रहेका भगवान भनिने मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्द इन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गरेको थियो ।

मगरको योजनामा पाँच जना युवकहरुले २०६९ जेठ १८ गते बगलामुखी मन्‍दिरको दर्शन गरेर फर्किने क्रममा ललितपुरको युएन पार्क नजिकै न्यायाधीश बमलाई गोली हानेर हत्या गरेका थिए ।