१२ कार्तिक २०८३, बिहिबार

मलेसियाबाट पक्राउ परेका राजकुमार करागार चलान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजकुमार चेपाङ– सन्दिप भट्ट
चितवन, ११ चैत । सर्वाधिक खोजीको सूचिमा रही मलेसियाबाट पक्राउ परेका राजकुमार प्रजालाई चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

गैँडा मारी खाग विक्रि व्यवसाय गर्ने प्रजाले आफ्नै हातले २० वटा गैंडा मारेका थिए । चेपाङविरुद्ध चितवन निकुञ्ज कार्यालयमा दर्ता भएको मुद्दाको संख्या १९ पुगेको छ । चेपाङलाई चितवन निकुञ्ज कार्यालयले थप चारवटा मुद्दा चलाएको छ । जसमध्ये छ मुद्दा फैसला भइसकेका छन् ।

प्रजाका विरुद्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम विभिन्न मितिमा पक्राउ हुनुअघि दर्ता भएका १५ वटा मुद्दा मध्ये फैसला भएका छ वटै मुद्दाबाट निजलाई प्रमुख संरक्षण अधिकृत कमलजग कुँवरको ईजलाशबाट १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको निकुञ्जद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चितवन निकुञ्जमा राजकुमार विरुद्ध विसं. २०६० सालको चैत १२ गते पहिलो पटक मुद्धा दायर भएको थियो । २० भन्दा बढी गैंडा मारेको आरोप लागेका उनी माघ २६ गतेमात्रै निकुञ्जको हिरासतमा आएका हुन् ।

सर्वाधिक खोजीको सुचिमा रहेका चितवनको कोराक गाउँ विकास समिति वडा नम्वर नौ कालिखोला घर भई मलेसियामा लुकिछिपी काम गरिरहेको अवस्थामा प्रहरीले माघ १६ गते ३१ वर्षीय प्रजालाई तेलोक शहरबाट पक्राउ गरेको थियो ।

प्रजाले २०६७ साल जेठ १० गते गोरखा जिल्लाबाट भक्तराज गिरीको नाममा फर्जी नागरिकता बनाई सोही बमोजिम राजदानी समेत बनाएर सोही वर्षको असोज २६ गते मलेसिया पुगेको निकुञ्जले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रजा मलेसिया रहेको थाहा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्यूरो र ईन्टरपोल शााखाको सहयोगमा पक्राउ गरिएको थियो ।

उनका जेठा दाजु दलबहादुर र माइला बलबहादुर कारागारमा छन् भने साइँला रामकुमार १० वर्ष जेल बसेर निस्केका हुन् । उनका चारजना मामा, एकजना भिनाजु, एकजना मामाको छोरा, एकजना जेठान, एकजना भाञ्जा र एकजना दाजुको छोरासमेत गैँडा मुद्दामा जेलमा रहेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताए ।

विकट गाउँ कोराकका राजकुमारले विसं. २०६७ साल जेठ १० गते गोरखाबाट नागरिकता झिकेको अनुसन्धानबाट खुलेको छ । उनले भक्तराज गिरीको नाम लिएर गोरखाबाट नागरिकता लिएसँगै काठमाडौं पराराष्ट्र मन्त्रालयबाट ६७ सालकै जेठ २० मा राहदानी बनाएर सोही वर्षको असोज २६ गते मलेसिया गएका थिए ।

‘नाम बदलेर २०६७ सालमा फर्जी नागरिकता र राहदानी बनाएर मलेसिया लाग्नुअघि धेरै गैँडा मारे, धेरैलाई यो काममा संलग्न गराए’ उनले भने–‘मैले हानेको गोली लागेर पाँच गैँडा घाइते बनाएको छु ।’

यि बाहेक अरुले मारेका थप दुईवटा गैँडाको खाग पनि आफूले बेचेको फागुन ३ मा पत्रकारमाझ उपस्थित हुँदा उनले बताएका थिए । चितवन जिल्ला कोराक गाविस ९ वस्ने प्रजाको आमा र बुबा बाहेक परिवारका अन्य सबै गैँडा मारेको आरोपमा जेल जीवन बिताईरहेका छन् ।