पोखरा, १० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूको निषेधको राजनीतिले गर्दा नयाँ संविधान निर्माणमा अवरोध भएको बताउनुभएको छ ।
राष्ट्रिय पत्रकार समाज नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले दोस्रो संविधानसभाले पनि समयमै संविधान दिन नसक्दा जनतामा नैराश्यता आएको बताउनुभयो ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरणको लागि वार्ता भइरहेको जानकारी दिँदै उहाँले देशमा शान्ति सुव्यवस्था र आर्थिक समृद्धिका लागि एक राष्ट्रवादी शक्तिको खाँचो भएको औँल्याउनुभयो । रासस














प्रतिक्रिया