९ कार्तिक २०८३, सोमबार

सरकार कुनैपनि हालतमा परिर्वतन हुँदैनः शहरी विकासमन्त्री श्रेष्ठ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ मंसिर । सहरी विकासमंत्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।

विराटनगर स्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयको एक कार्यक्रममा मंगलबार संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँचवर्ष सम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन् ।

जनताले पाँच वर्षे म्यान्डेड दिएका छन् मन्त्री श्रेष्ठले भन्नुभयो प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनैपनि ताकतले पनि गिराउन सक्दैन ।

यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो । मुलुकको राजनिति स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधि सम्म चल्ने उनले बताए ।

यो सरकार नेपाली जनताको जनमतको शक्तिवाट वनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि पूरा गरेर सरकारले इतिहास रच्ने दावी पनि उनले गरे ।

जनताले दिएको मतका आधारमा पूरा पाँच वर्षे सरकार चलाएर इतिहास रच्ने अभियानमा नेकपाका कुनैपनि नेता कार्यकर्ताले इतिहास बनाउने अभियानमा सहयोग गर्ने वाहेक विथोल्ने काम गर्लान भन्ने आफूहरुलाई नलागेको पनि उनले बताए ।

उनले नेपाल कम्यूनिष्ट पार्टी नेकपा ठूलो पार्टी भएकाले पार्टी भित्र केहि असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको बताए । नेकपा पार्टी एउटा ठूलो घर जस्तो हो उनले भने ठूलो घरको ठूलै चाला हुन्छ ।

ठूलठूलो समुद्रमा आँधी आउँछ , छाल आउँछ यसलाई के के न भएको नठान्नु होला श्रेष्ठले भने, पानी अलिकति चलेकै हो समुद्र केही समयपछि शान्त हुन्छ ।

पर्ख र हेर नेकपामा त्यस्तो खाले समस्या आउनेमा चिन्ता नगर्नुस् । पार्टीमा साना तिना विवाद देखा परेको बताउँदै मन्त्री श्रेष्ठले यो विवाद केहि दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरे ।

सिंहदरबारको घुम्ने कुर्सीमा बसेर मात्रै देशभरको सत्यतथ्य बुझ्न नसकिने भएकाले जिल्लामा भईरकेको परियोजनाहरुको स्थलगत अवलोकनका लागि आफू जिल्ला भ्रमणमा निस्किएको उनले बताए ।

जिल्लागत तहमा भईरहेका विकास निमार्ण र कर्मचारीहरुले गरेको कर्तक्य बोधबाट आफू उत्साहित रहेको पनि मन्त्री श्रेष्ठले बताए । एकजनाले ४ वटा जिल्लासम्म हेर्नुपर्ने बाध्यताको समाधान गर्न मन्त्रालय गम्भिर रहेको समेत उनले बताए ।

सो अवसरमा सहरी विकास कार्यालय मोरङबाट संचालित परियोजनाहरुको अवस्था र प्रगति विवरणका विषयमा मन्त्री श्रेष्ठले चासो राख्नु भएको थियो । झापाबाट मोरङ आएका मन्त्री श्रेष्ठ बुधबार सुनसरी जाने कार्यक्रम रहेको छ ।