९ कार्तिक २०८३, सोमबार

भारतबाट पेन्सन लिएर फर्किने क्रममा सवारी दुर्घटना, ५ को मृत्यु, ४ घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मंसिर । भारतमा पेन्सन लिएर फर्कने क्रममा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भारतबाट पेन्सन बुझेर फर्किएकाहरु सवार ना १ ज २१९६ नम्बरको जीप बैतडीको बुढ्ढा नजिकै दुर्घटना भएको जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ७० वर्षीय कलावती चन्द, ५८ वर्षीय कृष्ण लावड, ७५ वर्षीय पार्वती चन्द, ७० वर्षकी पार्वती चन्द नै र ७७ वर्षीय भगीरथ पाण्डे रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबै नगरपालिका ७ का स्थायी बासिन्दा भएको बताइएको छ ।

यस्तै दुर्घटनामा रवीन्द्र चन्द, कष्णानन्द भट्ट, खगेन्द्र जोशी, प्रदीप लावड घाइते भएका छन् । घाइतेहरुको बैतडी जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पेन्सन लिनका लागि नेपाली नागरिकलाई भारत जान खुला गरिएको छ ।