
काठमाडौँ, ८ मंसिर । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सेभ द चिल्ड्रेनको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वकालत, बाल अधिकारमा यौनिक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको समावेशीकरण र बालमैत्री अवधारणमा सान्दर्भिकता बारे भर्चुअल अभिमुखिकरण आयोजना गरेको छ ।
सातै वटा प्रदेशका विकासका साझेदार संस्थाहरु, नागरिक संघ संगठन तथा जनप्रतिनिधीहरु सहित ६० प्रतिनिधिहरुको उपस्थितीमा यस अभिमुखिकरण सम्पन्न गरिएको हो ।
कार्यक्रमको सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले गरेका थिए भने बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चकी सदस्य विपना शर्माले स्वागत मन्तव्यका साथ उद्देश्यमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बाल अधिकार, उपलब्धी र यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको समावेशीकरणका विषयमा निल हिर समाजकी भुमिका श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए ।
साथै बाल अधिकारका क्षेत्रका विज्ञ तारक धितालले बालमैत्री स्थानीय शासनसँग सम्बन्धित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक बालबालिकाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वकालतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
स्थानीय सरकारको नेतृत्व सहित सम्पुर्ण बालबालिकाको अधिकार प्रभावकारी तथा दिर्घकालिन रुपमा स्थापीत गर्न उद्देश्य लिएको बालमैत्री स्थानीय शासनको अवधारणामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई विशेष स्थान दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित सरोकारवालाहरुको यस अभिमुखिकरण मार्फत क्षमता अभिवृद्धि गरिएको थियो ।
कार्यक्रममा नवराज वि. सि, प्रकाश शाही, निर्माला चौधरी लगाएतका विभिन्न सहभागीहरुले बाल अधिकार सम्बन्धी जिज्ञासा राख्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति छिटो पारित गर्नुपर्ने, बालबालिकाको लागी बजेटलाई खर्च हैन लगानीको रुपमा लिनुपर्ने, लगानी गर्दा यौनिक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकालाई ध्यान दिनुपर्ने तथा समावेशीकरणको मुद्दा सबैको साझा हुनुपर्ने सवाहरु उठाएका थिए ।

बालमैत्री स्थानीय शासनको अवधारणाको प्रबद्र्धन र स्थापना गर्न सन् २०१७ मा सातै वटा प्रदेशका प्रतिनिधिहरुका साथ स्थापित बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको सचिवालय जागृति बाल तथा युवा सरोकार नेपालमा रहेको छ ।















प्रतिक्रिया