९ कार्तिक २०८३, सोमबार

कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, ९ मंसिर । छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बृन्दावन नगरपालिका ७ धमौरा गाउँ बस्ने १९ वर्षीय बिकाश पासवान र ५५ वर्षीय विन्दा पासवानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका बिकाश समेतले कुटपिट गर्दा गम्भीर घाइते भएका अमिरीको गरुडा बजारस्थित गरुडा सिटि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।