जनकपुरधाम, १० चैत । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निकट भविष्यमै नयाँ संविधान निर्माणको महत्वपूर्ण कार्यभार पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुमा आफ्नोमात्र गल्ती नभएर समस्यामाथि समस्या थप्दै जाने प्रकृत्ति मुख्य कारण रहेको उहाँले बताउनुभयो ।
मिथिला ऋतु सप्ताहिकका सम्पादक उमेश साहद्वारा लिखित ‘नियति’ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण गर्दै नेता भट्टराईले तराईमा दुई र पहाडमा सातदेखि आठ वटा राज्य बन्ने बताउँदै सबै जातजाति र भाषाभाषीलाई स्वायत्त राज्य दिएर सङ्घीय राज्य निर्माण गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो- “समयमा संविधान नआउनुको एउटै कारण हो मुठीभरि सत्ताधारी जातका व्यक्तिहरु, जसले सधैँ सत्तामा आफूलाई देख्न चाहन्छन् ।”














प्रतिक्रिया