भक्तपुर, १० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पूर्वका तीन र पश्चिमका दुई जिल्लाका विषयमा संविधान निर्माणका क्रममा देखिएको विवाद चाँडै मिल्ने बताउनुभएको छ ।
कटुञ्जे-घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले बनाएको छ लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्कीको आज यहाँ शिलान्यास गर्दै उहाँले पाँच जिल्लामा सहमति भए अन्य विषयमा सहमति हुने बताउनुभएको हो ।
राज्यः पुनःसंरचनाका क्रममा झापा मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्लालाई कुन कुन प्रदेशमा राख्ने भन्ने विवाद छ ।
उहाँले भन्नुभयो, “पाँच जिल्लाको विवाद नमिल्दा सत्ता पक्षले दुई तिहाइबाट अगाडि बढ्न खोज्ने र विपक्षी मोर्चा आन्दोलनमा जाने स्थिति भएको हो ।
अब यस विषयमा छिट्टै विवाद मिल्ने र वार्ताबाटै सहमति भएर संविधान जारी हुनेछ ।”
संविधान निर्माणको काम सकिएपछि मुलुकले स्थिरता पाउने र भौतिक पूर्वाधारको कामले गति लिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेलले कटुञ्जेलाई खानीपानीको अभाव नहुने गरी पानी उत्पादन र वितरण सुरु भएको बताउनुभयो ।














प्रतिक्रिया