९ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा कति छन् सक्रिय कोरोना संक्रमित ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । काठमाडौँ उपत्यकामा थप ९ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

काठमाडौँमा अहिलेसम्म २ सय ९३ जनाको संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ७६ हजार ८४ जना संक्रमित भएका छन् । जसमध्ये १७ हजार ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भक्तपुरमा अहिलसम्म सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ पुगेको छ भने ७५ जनाको मृत्यु भएको छ । भक्तपुरमा निको भएर घर फर्किनेहरुको संख्या ५ हजार ४८१ रहेको छ भने अहिलेसम्म ६ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी ललितपुरमा अहिलेसम्म १० हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८ हजार २ सय ८६ जना निको भएर घर फर्किसकेको छन् भने ७९ जनाको मृत्यु भएको छ ।

ललितपुरमा सक्रिय संक्रमितको संख्या अहिले २५ सय १२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार थप १ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार १ सय ८९ जनाको मृत्यु भइसकेको छ ।