१२ कार्तिक २०८३, बिहिबार

एकाबिहानै प्रचण्डलाई बोलाएर राष्ट्रपतिले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachanda

काठमाडौँ, ९ चैत । राष्ट्रपति डा रामवरण यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा सोमबार बिहान भएको भेटवार्तामा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउनुभयो । त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा उहाँको जोड थियो ।

जवाफमा अध्यक्ष प्रचण्डले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताउनुभएको थियो ।

प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काका अनुसार, राष्ट्रपति यादव र प्रचण्डबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि छलफल भएको थियो ।

राष्ट्रपति यादव र अध्यक्ष दाहाल दुवैले यसै साता चीनको भ्रमण गर्दै हुनुहुन्छ ।