१२ कार्तिक २०८३, बिहिबार

भक्तपुर-नगरकोट सडक फराकिलो बनाईने, सात मिटर कालोपत्रे गरिदैे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-divider-2

भक्तपुर, ८ चैत । भक्तपुरबाट नगरकोट जाने पर्यटकीय सडक विस्तार हुने भएको छ । साघुँरो सडकमा धेरै सवारी साधनको ओहोरदोहोर हुने भएपछि भक्तपुरको नगरकोटसम्मको मूल सडक विस्तार हुने भएको हो ।

सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कुल रु २८ करोडको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले दुईवटा कम्पनीलाई ठेक्का दिएको छ ।

नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब सात मिटर कालोपत्र बनाइने भएको हो ।  हाल चार मिटर फराकिलो रहेको १६ किलोमिटर लामो यो सडकलाई फराकिलो पारेर नालीसमेत निर्माण गरिने आयोजना प्रमुख प्रमिला बज्राचार्यले बताउनुभयो ।

भक्तपुर–नगरकोट जाने सडक साघुँरो हुँदै गएको, सडक मिचेर घरटहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरीतको घरटहरा भत्काउँदै सडक विस्तार गर्न लागेको हो ।

‘एगजिम बैंक इन्डिया’को सहयोगमा विस्तार हुन लागेको यो सडकको सर्भे, डिजाइनलगायतको प्रारम्भिक कार्य सम्पन्न भइसकेको र चैत दोस्रो साताबाटै सडक विस्तार कार्य सुरु गरिने आयोजनाले जनाएको छ । सडक विस्तारको कार्य आगामी ०७२/०७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।