१२ कार्तिक २०८३, बिहिबार

जेठ १५ बाट संविधान निर्माण प्रक्रिया सुरु हुन्छ : एमाले सचिव ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gawaliनवलपरासी, ८ चैत । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणको प्रक्रिया चैत १५ गतेबाट सुरु हुने बताउनुभएको छ ।

प्रेस चौतारी नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो– “चैत १५ बाट नयाँ कार्यतालिका आउँछ त्यसपछिको नवौँ चरण पूरा गरेपछि संविधान बन्छ ।”

तीस दलीय मोर्चाको आन्दोलन संविधान निर्माणका लागि नभएकाले अब स्टेसनबाट छुटेको गाडी नरोकिने उहाँको तर्क छ ।

एमाओवादी मोर्चा स्टेसनबाट छुटे पनि प्रतिक्षालयबाट चढेर गन्तव्यमा पुग्नसक्ने भएकाले गणतन्त्र संस्थागत गर्ने काममा सहभागी हुन सक्छन् उहाँले भन्नुभयो– “लोकतन्त्रमा अल्पमतले बहुमतलाई ‘डिक्टेड’ गर्ने होइन ।”

जातीय र भाषिक उत्पीडनको कुरा समेट्नु पर्छ त्यसको समाधान जातीय राज्य होइन सचिव ज्ञवालीले भन्नुभयो– “अनुचित मागबाट एमाओवादी मोर्चा पछि हटे सहमति हुन्छ ।”