
काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै पार्टी एकीकरणमा धक्का पुग्नेसम्मको चेतावनी र अभिव्यक्तिहरु आइरहेकै बेला एकाएक उक्त प्रस्ताव रोकिएको छ ।
प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही तयार भएसँगै उक्त प्रस्ताव रोकिने भएको हो ।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् ।
उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव समेत रोकिने भएको हो ।
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको हो ।
यो पनि पढ्नुहोस्–
- कर्णालीमा अविश्वासको प्रस्ताव अघि नबढाउन सुवास नेम्वाङको सुझाव
- नेकपा प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक
- कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हटाए संसदीय दलका प्रमुख सचेतक
- कर्णाली प्रदेशको समस्या समाधान गर्न ओलीलाई प्रचण्डको आग्रह
- प्रधानमन्त्री ओलीलाई भेट्न किन पुगे प्रचण्ड बालुवाटार ?















प्रतिक्रिया