काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको सेयर सूचीकरण सम्झौता हुन लागेका छ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्लिसिना देश बाहिर रहेकोले सूचीकरणमा ढिलार्इ भएको हो ।
प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठको पदावधि सकिएपछि बैकमा सिइओ पद खाली छ । कामु सिइओ तिम्लिसिना स्वेदश फर्किए लगतै यसै साता सेयर सूचीकरण हुने सम्भावना रहेको, कम्पनीले जानकारी दिएको छ । यस साता सेयर सुचीकृत भएमा अर्को साता (सूचीकरण भएको मितिले सात दिनमा) पहिलो कारोबार गर्न सकिने व्यवस्था छ ।
बैंकले जारी गरेको ९२ करोड रुपैयाँको प्राथमिक सेयरमा २२ गुणा अर्थात् २० अर्ब रुपैयाँको आवेदन परेको थियो । पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी गरेको बैंक सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये आइपिओ जारी गर्न बाँकी एक मात्र निजी बैंक भएकोले पनि आर्कषण उच्च रहेको थियो । आइपिओ बिक्री पुस २९ गतेसम्म भएको थियो । बैंकको प्राथमिक निष्कासनमा न्युनतम ५० कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठको पदावधि सकिएपछि बैकमा सिइओ पद खाली छ । कामु सिइओ तिम्लिसिना स्वेदश फर्किए लगतै यसै साता सेयर सूचीकरण हुने सम्भावना रहेको, कम्पनीले जानकारी दिएको छ । यस साता सेयर सुचीकृत भएमा अर्को साता (सूचीकरण भएको मितिले सात दिनमा) पहिलो कारोबार गर्न सकिने व्यवस्था छ ।
बैंकले जारी गरेको ९२ करोड रुपैयाँको प्राथमिक सेयरमा २२ गुणा अर्थात् २० अर्ब रुपैयाँको आवेदन परेको थियो । पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी गरेको बैंक सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये आइपिओ जारी गर्न बाँकी एक मात्र निजी बैंक भएकोले पनि आर्कषण उच्च रहेको थियो । आइपिओ बिक्री पुस २९ गतेसम्म भएको थियो । बैंकको प्राथमिक निष्कासनमा न्युनतम ५० कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था थियो । – See more at: http://www.aarthiknews.com/%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%20-%20%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A5%80%E0%A4%AF%20%E0%A4%96%E0%A4%AC%E0%A4%B0/%E0%A4%B8%E0%A5%87%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A5%81%E0%A4%B0%E0%A5%80%20%E0%A4%95%E0%A4%AE%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BF%E0%A4%AF%E0%A4%B2%E0%A4%95%E0%A5%8B%20%E0%A4%B8%E0%A5%87%E0%A4%AF%E0%A4%B0%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3%20%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A5%88/6015#sthash.nrYvfURd.dpuf













प्रतिक्रिया